BIZMANDU
www.bizmandu.com

संसदमा एमालेको नाराबाजी र वेल घेराउ, ७ मिनेटसम्म अवरोधपछि सभामुखले गरे बैठक स्थगित

२०८० साउन २४

संसदमा एमालेको नाराबाजी र वेल घेराउ, ७ मिनेटसम्म अवरोधपछि सभामुखले गरे बैठक स्थगित
संसदमा एमालेको नाराबाजी र वेल घेराउ, ७ मिनेटसम्म अवरोधपछि सभामुखले गरे बैठक स्थगित

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदन अवरोधलाई निरन्तरता दिएको छ। सुन प्रकरणमा उच्चसत्रीय छानबिन समिति गठनको आफ्नो माग सम्बोधन नभएको भन्दै एमालेले प्रतिनिधिसभाको बुधबार बसेको बैठक पनि अवरुद्ध गरेको हो।

Tata
GBIME
NLIC

सरकारका तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको भन्दै तस्करीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएकामा एमालेले सरकारी निकायको अनुसन्धानमा विश्वास गर्ने आधार नरहेको बताउँदै सदन अवरुद्ध गरेको हो।

बुधबारको बैठकमा एमाले सांसद सूर्य थापाले गृहमन्त्रीको जवाफ तस्करीमा संलग्नलाई संरक्षण गर्ने खालको भएकाले आफ्नो पार्टीको माग अनुसार समिति गठन गर्नुपर्ने अन्यथा सदन चल्न नदिने बताए। उनले बोलिरहँदा सत्ता पक्षका सांसदले उठेर विरोध जनाएपछि एमाले सांसदहरू नाराबाजीसहित वेल घेर्न पुगेका थिए।

सभामुख देवराज घिमिरेले बाढी पहिरो लगायत जनसरोकारका विषयमा आवाज उठाउन आवश्यक रहेको भन्दै नाराबाजी रोकेर कार्यसूची अगाडि बढाउनका लागि सहयोग गर्न आग्रह गरे पनि एमाले सांसदहरुले मानेनन्।

एमाले सांसदहरुलले वेल घेराउ गरी ७ मिनेटसम्म नाराबाजी गरेपछि सभामुख मिरेले बैठक शुक्रबार दिउसो १ बजे बस्ने गरी स्थगित गरे। एमालेले साउन १० गतेयता सदन चल्न दिएको छैन।