BIZMANDU
www.bizmandu.com

इलन मस्कको ब्रेनचीप स्टार्टअपले फन्डरेजिङमा उठायो ३७ अर्ब, मान्छेमा परीक्षण गर्ने तयारी

२०८० साउन २४

इलन मस्कको ब्रेनचीप स्टार्टअपले फन्डरेजिङमा उठायो ३७ अर्ब, मान्छेमा परीक्षण गर्ने तयारी
इलन मस्कको ब्रेनचीप स्टार्टअपले फन्डरेजिङमा उठायो ३७ अर्ब, मान्छेमा परीक्षण गर्ने तयारी


इलन मस्कको बायोटेक्नोलोजी स्टार्टअप निउरलिंकले २ सय ८० मिलियन डलर (३७ अर्ब रुपैयाँभन्दा बढी) रकम उठाएको छ। सिरिज डी राउन्ड अन्तर्गत फन्डरेजरमा मस्कको स्टार्टअपले लगानी सुरक्षित गरेको हो।

Tata
GBIME
NLIC

पेपल सहसंस्थापकसमेत रहेका पिटर थिलको कम्पनी फाउन्डर्स फन्डबाट ३७ अर्बभन्दा बढी रकम उठाएको एक्स(ट्वीटर) मार्फत जानकारी दिइएको हो। यो फन्डरेजरले निउरलिंकको नयाँ अध्याय सुरु भएको कम्पनीले जनाएको छ।

निउरलिंक ब्रेनचीप स्टार्टअप हो। यसको उद्देश्य मानिसको मस्तिष्कलाई कम्पयुटरसँग ‘कनेक्ट’ गर्नु हो। मस्कले यो स्टार्टअपका लागि गएको पाँच वर्षदेखि काम गर्दै आएका छन्।

कम्पनीले यसअघि यो प्रयोग जनावरमा मात्रै गरेको थियो। तर, सन् २०२२ मा परीक्षणकै क्रममा बाँदरको मृत्यु भएपछि आलोचना भएको थियो। कम्पनीले बनाएको चीपमा ब्लुटुथ फिचर छ, उक्त चीपलाई बाँदरको मस्तिष्कमा राखिएको थियो। ब्लुटुथबाट बाँदरसँग संवाद गर्ने प्रयास गरिएको थियो।

मस्कले अब मानवमा यो ब्रेनचीपको प्रयोग गर्ने घोषणा गरेको केही महिनापछि उक्त रकम उठेको हो। मानिसमा परीक्षणका लागि सबै कागजी कार्य सकिएको र सरोकावाला निकायहरुबाट पनि स्वीकृति लिइसकिएको मस्कले बताइसकेका छन्।

हाल परीक्षणमा रहे पनि यो ब्रेनचीप प्रयोगमा आउन अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले स्वीकृति दिएपछि मात्रै बजारमा उपलब्ध हुनेछ। तर तत्काल नै यो चीपले स्वीकृति पाउने अवस्था नरहेको बताइएको छ।