BIZMANDU
www.bizmandu.com

सुन प्रकरणमा कांग्रेस छानबिन समितिको विपक्षमा, एमालेलाई प्रश्न- ३३ किलो सुन खोइ?

२०८० साउन २३

सुन प्रकरणमा कांग्रेस छानबिन समितिको विपक्षमा, एमालेलाई प्रश्न- ३३ किलो सुन खोइ?
;f+;b zdf{ dGtJo /fVb} sf7df8f}F, @# ;fpg M k|ltlglw;efsf] dËnaf/ a;]sf] a}7sdf cfsl:ds ;dodf bnLo cfwf/df dGtJo /fVb} g]sfsf dxfdGqL ;f+;b ljZjk|sfz zdf{ . tl:a/ M /Tg >]i7÷ /f;;

काठमाडौं। नेपाली कांग्रेस सुन प्रकरणमा अलग्गै छानबिन समितिको विपक्षमा उभिएको छ। कांग्रेसले राज्यका निकायले गरररहेको अनुसन्धानप्रति अविश्वास गरेर अलग्गै समिति बनाउने कुरा आफूलाई मान्य नभएको बताएको छ।

Tata
GBIME

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार प्रतिनिधि सभाको बैठकमा एमालेले उच्चस्तरीय छानबिन समितिको नाममा निहुँ खोज्ने काम गरेको आरोप लगाएका छन्। उनले कांग्रेसका तर्फबाट धारणा राख्दै पटक पटक सरकारमा सहभागी भएको र सरकारको नेतृत्व गरिसकेको एमालेलाई सरकारी निकायलाई अविश्वास नगर्न आग्रह गरे।

शर्माले प्रश्न गरे, ‘कानुन र संविधानले बलियो बनाएका संस्थाप्रति अविश्वास किन?’ उनले भने, ‘जे विषयमा सदन अवरुद्ध भएको छ यसमा म जान चाहन्छु। एयरपोर्टमा छिर्दा कसको कमजोरी हो? सरकारको,’ शर्माले भने, ‘सिनामंगलमा कसले समात्यो? सरकारले। एउटा हातले गल्ती गर्दा अर्कोले समात्यो। ३३ किलो सुन प्रकरणमा त एक तोला पनि भटिएन नि।’

उनले हरेक विषयमा निहुँ खोज्ने काम नगर्न एमालेसँग आग्रह गरे। ‘संसद भनेको प्रतिपक्षीको हो। प्रतिपक्षीको आवाजलाई सुन्नुपर्छ। तर सत्ता पक्षले बोल्ने ठाउँ चाहिँ रत्नपार्क हो?’ उनले भने, ‘सदन खोल्ने हो भने अब कति दिनका लागि? के हरेक समस्याको हल संसद् अवरुद्ध गरेर हुन्छ? ५७ सालदेखि यस्तै भइरहेको छ।’

शर्माले एमालेलाई मदन भण्डारी हत्याकाण्डको छानबिनको निष्कर्ष निकाल्न सुझाव दिए। ‘३० वर्ष २ महिना २३ दिन अगाडिको घटना सम्झना चाहन्छु। गम्भीर दुर्घटना भयो। मदन भण्डारीको निधन भयो,’ उनले भने, ‘बाहिर बोल्दा साथीहरुले उच्चस्तरीय छानबिन समिति गठन गरौं भन्नुहुन्छ। ती फाइल खोलौं न त।’