BIZMANDU
www.bizmandu.com

वार्षिक १० हजारलाई रोजगारी दिने कर्णाली सरकारको लक्ष्य, स्वरोजगार कोषसँग छलफल

२०८० साउन २३

वार्षिक १० हजारलाई रोजगारी दिने कर्णाली सरकारको लक्ष्य, स्वरोजगार कोषसँग छलफल
वार्षिक १० हजारलाई रोजगारी दिने कर्णाली सरकारको लक्ष्य, स्वरोजगार कोषसँग छलफल

काठमाडौं । कर्णाली प्रदेश सरकारले वार्षिक १० हजारलाई रोजगार दिने लक्ष्य पूरा गर्ने उद्देश्यसहित विभिन्न निकायसँग छलफल सुरु गरेको छ।

Tata
GBIME
Zonsen

प्रतिवर्ष १० हजारलाई रोजगार दिएर स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्य राखी अभियान सुरु गरेको प्रदेश सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग छलफल गरेको हो।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा र कोषका कार्यकारी उपाध्यक्ष डा देवराज रोका (कल्याण)बिच यस विषयमा छलफल भएको हो। मुख्यमन्त्री शर्मासँग कोषका उपाध्यक्ष रोकाले कर्णालीमा लगानीको अवस्था, त्यसको प्रभाव र आकर्षण कस्तो रहेको छ भन्नेबारे जानकारी लिएका थिए।

यस विषयमा मुख्यमन्त्री शर्माले कर्णालीको विकासको सम्भावना, लगानी तथा हालसम्म भएका गतिविधिका बारेमा बताएका थिए।

‘हामीबीच मूलतः कर्णालीमा उत्पादित जडीबुटी तथा रैथानेबालीको व्यवस्थित निर्यातका लागि कर्णाली हाउस निर्माणलगायतका महत्वपूर्ण विषयमा छलफल भएको भयो,’उनले भने, ‘यसमा कोषले प्रदेश सरकारको लक्ष्य र अभियानमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेको छ।’