BIZMANDU
www.bizmandu.com

माउन्टेन इनर्जी नेपालको नाफा खुम्चियो, घटेको विद्युत उत्पादन र चर्को ब्याजदर मुख्य कारण

२०८० साउन २३

माउन्टेन इनर्जी नेपालको नाफा खुम्चियो, घटेको विद्युत उत्पादन र चर्को ब्याजदर मुख्य कारण
माउन्टेन इनर्जी नेपालको नाफा खुम्चियो, घटेको विद्युत उत्पादन र चर्को ब्याजदर मुख्य कारण


काठमाडौं। घटेको विद्युत उत्पादन र चर्को ब्याजदरले माउन्टेन इनर्जी नेपालको नाफा खुम्चिएको छ। गत आर्थिक वर्ष कम्पनीले ४० करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन पोहोरभन्दा ३३.५५ प्रतिशत कम हो।

Tata
GBIME
NLIC

कम्पनीको विद्युत बिक्री आम्दानी पोहोर असारको तुलनामा १.६३ प्रतिशत घटेको छ। उसले गत वर्ष १ अर्ब २१ करोड रुपैयाँको विद्युत बेचेको छ। उसको विद्युत बिक्री लागत भने ९ करोड ८५ लाखबाट बढेर २२ करोड ६७ लाख रुपैयाँ नाघेको छ। यसले गर्दा कम्पनीको मार्जिन १६.६१ प्रतिशत साँघुरिन पुगेको छ।

महंगिएको ब्याजदरले गर्दा ब्याज भुक्तानीबापतको रकम १९.६२ प्रतिशत बढेको छ। पोहोर २४ करोड ७७ लाख भुक्तानी गरेकामा गत आर्थिक वर्ष २९ करोड ६३ लाख रुपैयाँ ब्याज बुझाउनु परेको छ।