BIZMANDU
www.bizmandu.com

प्रचण्डसँग युरोपेली संघकी राजदूत डोप्रेजको विदाई भेट, द्विपक्षीय हितबारे छलफल

२०८० साउन २३

प्रचण्डसँग युरोपेली संघकी राजदूत डोप्रेजको विदाई भेट, द्विपक्षीय हितबारे छलफल
प्रचण्डसँग युरोपेली संघकी राजदूत डोप्रेजको विदाई भेट, द्विपक्षीय हितबारे छलफल


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि युरोपेली संघकी राजदूत नोना डोप्रेजबिच भेटवार्ता भएको छ।

Tata
GBIME

आज प्रधानमन्त्री निवास बालुवाटारमा डोप्रेजले प्रचण्डसँग बिदाइ भेट गरेकी हुन्। डोप्रेज आफ्नो कार्यकाल सकाएर केहीदिनमा नै फर्किँदैछन्। यसबीच उनले मन्त्रीहरु पनि विदाई भेट गरिरहेकी छिन्।

आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल र युरोपेली संघबीचको सम्बन्धलगायतका विषयमासमेत उनीहरुबीच छलफल भएको बताइएको छ।