BIZMANDU
www.bizmandu.com

हिमालयन ८०-२०ले एक अर्बको नयाँ म्युचुअल फण्ड ल्याउँदै, साउन ३२ गतेदेखि आवेदन दिन मिल्ने

२०८० साउन २३

हिमालयन ८०-२०ले एक अर्बको नयाँ म्युचुअल फण्ड ल्याउँदै, साउन ३२ गतेदेखि आवेदन दिन मिल्ने
हिमालयन ८०-२०ले एक अर्बको नयाँ म्युचुअल फण्ड ल्याउँदै, साउन ३२ गतेदेखि आवेदन दिन मिल्ने


काठमाडौं। हिमालयन क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ। क्यापिटलले हिमालयन ८०-२० निष्कासन गर्न लागेको हो।

Tata
GBIME
NLIC

क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ बिक्री गर्दैछ। यो म्युचुअल फण्डको लागि साउन ३२ गतेदेखि आवेदन दिन सकिनेछ। यो योजना १० वर्षपछि परिपक्क हुनेछ।

निष्कासन हुने कुल इकाइमध्ये १५ प्रतिशत वा १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक हिमालयन बैंकलाई छुट्याइएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

न्यूनतम १०० इकाइका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा भदौ १५ गतेसम्म आवेदन म्याद थप हुनेछ।