BIZMANDU
www.bizmandu.com

भासिएको भीमदत्त राजमार्ग तत्काल सञ्चालनमा ल्याउन सडक विभागलाई मन्त्री ज्वालाको निर्देशन

२०८० साउन २३

भासिएको भीमदत्त राजमार्ग तत्काल सञ्चालनमा ल्याउन सडक विभागलाई मन्त्री ज्वालाको निर्देशन
Some pictures of Physical Infrastructure and Transport Minister Prakash Jwala during the Interview at Minister resident at Lalitpur, Nepal on Sunday 23 July 2023. (2080-04-07) Photo- Prabin Ranabhat


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न निर्देशन दिएका छन्। उनले सडक, पुल र यातायातका क्षेत्रमा भएका क्षतिको विवरण तत्काल संकलन गर्न निर्देशन दिएका हुन्।

Tata
GBIME
NLIC

सो क्रममा मन्त्री ज्वालाले पूर्वाधारको पुनर्निर्माण थाल्न पनि मातहतका निकायलाई निर्देशन दिएका छन्।

सोमबार अपराह्‍नदेखि परेको अविरल वर्षाले देशभर ठूलो मात्रामा भौतिक क्षति र केही ठाउँमा मानवीय क्षति पनि पुर्‍याएको छ। मन्त्री ज्वालाले मकवानपुरको वाग्मती गाउँपालिका सिग्रेमा पहिरोमा परी सन्तमाया स्याङतानको निधन भएकोमा दुःख व्यक्त गरे।

अविरल वर्षापछि सुदूरपश्‍चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ भने केही स्थानमा पहिरो गएको छ। सडक भासिएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ।

मन्त्री ज्वालाले बन्द भीमदत्त सडकको तत्काल पुनर्निर्माणमा जुट्न र यातायात छिटो सञ्‍चालन गर्न सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई निर्देशन दिएका छन्।

निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गको उत्तरतर्फको मुल गेट नजिकै पहिरो जाँदा बुटवल पाल्पा सडक अवरुद्ध बनेको छ। अवरुद्ध सडक तत्काल सञ्‍चालनमा ल्याउन मन्त्री ज्वालाले सम्बन्धित क्षेत्रका निर्देशकहरुलाई निर्देशन दिएका छन्।