BIZMANDU
www.bizmandu.com

सडक डुबानमा परेपछि बनेपा अस्तव्यस्त, उपत्यका भित्रिने सवारी साधन पुलबजारमै अलपत्र

२०८० साउन २३

सडक डुबानमा परेपछि बनेपा अस्तव्यस्त, उपत्यका भित्रिने सवारी साधन पुलबजारमै अलपत्र
सडक डुबानमा परेपछि बनेपा अस्तव्यस्त, उपत्यका भित्रिने सवारी साधन पुलबजारमै अलपत्र


काठमाडौं। गए रातिदेखि आएको भारी वर्षाका कारण बनेपा दुबानमा परेको छ। प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको हो।

Tata
GBIME
NLIC

सोमबार रातिदेखिको अविरल वर्षाका कारण पुलबजार क्षेत्र डुबानमा परेको प्रहरीले बताएको छ। पुलबजारका सडक र घरहरुका सटर डुबेको प्रहरीले जनाएको छ।

सडक डुबानमा परेकाले अरनिको राजमार्गमा यातायात सञ्‍चालनसमेत हुन नसकेको बताइएको छ।

यो राजमार्ग हुँदै काठमाडौं उपत्यका आउने र उपत्यका बाहिर जाने धेरै सवारीसाधनहरु बाटोमा अलपत्र परेका छन्।