BIZMANDU
www.bizmandu.com

एएफसी कपको भोलि हुने प्रारम्भिक चरणको खेलका लागि मछिन्द्र र पारो तयार

२०८० साउन २२

एएफसी कपको भोलि हुने प्रारम्भिक चरणको खेलका लागि मछिन्द्र र पारो तयार
एएफसी कपको भोलि हुने प्रारम्भिक चरणको खेलका लागि मछिन्द्र र पारो तयार

काठमाडौं। एएफसी कपको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र र भुटानको पारो एफसी मंगलबार आमनेसामने हुँदैछन्। दुवै क्लबले खेलका लागि आफूहरु तयार रहेको बताएका छन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

Tata
GBIME

सोमबार भएको प्रिम्याच कन्फेरेन्समा दुवै टोलीका कप्तान र प्रशिक्षकले प्रशिक्षण सकेर खेलका लागि तयार रहेको बताएका हुन्। मछिन्द्रका प्रशिक्षक किशोर केसीले खेलका लागि राम्रो स्ट्राइकर चाहिने भएकाले ७ खेलाडी थप गरिएको जानकारी दिए। ती खेलाडीलाई आवश्यकता अनुसारको पोजिसनमा खेलाउने उनको योजना छ।

यो खेलका लागि मछिन्द्र ए डिजिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडका आशिष चौधरी र एरिक विष्ट, संकटाका आयुष घलान, थ्री स्टारका लाकेन लिम्बु, एपीएफका सनिश श्रेष्ठ तथा एफसी खुमलटारका रेजिन सुब्बा, रोहित सुब्बा र विदेशी खेलाडी मेसुके ओलोमोउलाई आबद्ध गरेको छ ।

मछिन्द्रका कप्तान विशाल श्रेष्ठले  कमजोर रहेको पोजिसनका लागि नयाँ खेलाडी अनुबन्ध गरेको भन्दै टिम राम्रो बनेको बताए ।

मछिन्द्रका कप्तान विशाल श्रेष्ठले  कमजोर रहेको पोजिसनका लागि नयाँ खेलाडी अनुबन्ध गरेको भन्दै टिम राम्रो बनेको बताए । मछिन्द्र लिगको उपविजेता हो। लिग च्याम्पियन चर्च ब्वाइजसँग एएफसी क्लब लाइसेन्स नरहेकाले मछिन्द्रले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्न लागेको हो।

पारो भुटानको लिगको शीर्ष क्लब हो। उसका प्रशिक्षक पुष्पलाल शर्माले भुटानमा लिग जारी रहेकाले खेलाडीहरु फर्ममा रहेको बताए। तैपनि मछिन्द्रलाई कमजोर नआँकेको उनको भनाइ छ।

मछिन्द्र र पारोबीचको विजेताले दोस्रो चरणमा भारतको इन्डियन सुपर लिग खेल्ने मोहन बगानसँग एक सातापछि अर्थात अगष्ट १६ मा खेल्नेछ।