तीन साताअघि प्रदर्शनमा आएको फिल्म ‘बार्बी’ बिलियन डलर क्लबमा प्रवेश गरेको छ। वार्नर ब्रोज्सका अनुसार विश्वभर यो फिल्मले १.०३ बिलियन डलर (१ खर्ब ३१ अर्ब रुपैयाँ बढी) रकम कमाइसकेको छ।
विश्वभर चर्चामा रहेको अर्को हलिउड फिल्म ओपनहाइमरलाई पछि पार्दै बार्बीले इतिहास रचेको हो। यससँगै बार्बी महिलाले निर्देशन गरेको पहिलो बिलियन डलर फिल्म पनि बनेको छ। फिल्मको निर्देशन ग्रेटा गर्विगले गरेकी हुन्। यसको कथा लेखन निर्देशक ग्रेटा र नु बौम्बेचले गरेका हुन्।
यो १४५ मिलियन डलर लागतको यो फिल्ममा मार्गट रोबि, रेन गसलिङ, अमेरिका फेरेरा, केट मेकिनन, माइकल सेरा, इसा रे लगायतको अभिनय छ।
कमस्कोरमा मिडिया एनालिस्ट रहेका पउल डर्गाबेडियनले इतिहासमा हालसम्म करिब ५० फिल्मले मात्रै बिलियन डलरको व्यापारको चरण पार गरेको बताए। उनका अनुसार प्रचारप्रसार सुरु हुँदै ‘बार्बी’ले बक्स अफिसमा रेकर्ड तोड्ने पहिला नै पक्का भइसकेको थियो।
बार्बीलाई वार्नर ब्रोज्सले वितरण गरेको हो। यसको स्वामित्व सीएनएनको पेरेन्ट कम्पनी वार्नर ब्रोज्स डिस्कभरीसँग छ।
विश्वको ठूलो फिल्म फिल्म बजार रहेको बेलायत, मेक्सिको र अस्ट्रेलियामा ‘बार्बी’ प्रदर्शनको पहिलो दिन देखि ३ हप्तायतासम्म नम्बर १ मा छ। चीनमा समेत ‘बार्बी’ले राम्रो कमाइ गरेको छ।