BIZMANDU
www.bizmandu.com

‘रकी और रानीकी प्रेम कहानी’ सय करोडमा प्रवेश, १० दिनमै १०५ करोडको व्यापार

२०८० साउन २२

‘रकी और रानीकी प्रेम कहानी’ सय करोडमा प्रवेश, १० दिनमै १०५ करोडको व्यापार
‘रकी और रानीकी प्रेम कहानी’ सय करोडमा प्रवेश, १० दिनमै १०५ करोडको व्यापार

आलिया भट्ट र रणवीर सिंह स्टारर बलिउड फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ सय करोड क्लबमा प्रवेश गरेको छ। फिल्मले रिलिजको १० दिनमै भारतीय बक्स अफिसमा १०५.४ करोड भारतीय रुपैयाँको व्यापार गरेको हो।

Tata
GBIME

पारिवारिक कथावस्तुमा बनेको यस फिल्मले विश्वभर भने १८०.१ करोड भारुको आकंडा पार गरिसकेको छ। धर्मा प्रडक्सन र भियाकम १८ ले निर्माण गरेको फिल्म करण जोहरले निर्देशन गरेका हुन्।

‘ए दिल है मुश्किल’ रिलिज भएको सात वर्षपछि करणले ‘रकी और रानी की प्रेम कहानी’ बाट निर्देशनमा कमब्याक गरेका हुन्। फिल्ममा रणवीर र आलियाका साथै धर्मेन्द्र, जया बच्चन, शबाना आजमी, रोनित रोय लगायतको अभिनय छ।