BIZMANDU
www.bizmandu.com

नाटक ‘हिउँभन्दा चिसो’ ले उठाउन सकेन लगानी, दर्शकको साथले भने निर्देशक सन्तुष्ट

२०८० साउन २१

नाटक ‘हिउँभन्दा चिसो’ ले उठाउन सकेन लगानी, दर्शकको साथले भने निर्देशक सन्तुष्ट
नाटक ‘हिउँभन्दा चिसो’ ले उठाउन सकेन लगानी, दर्शकको साथले भने निर्देशक सन्तुष्ट


काठमाडौं : गत असार ८ गतेदेखि साउन १४ गतेसम्म मञ्चन भएको नाटक ‘हिउँभन्दा चिसो’ ले साढे १३ लाखको कलेक्सन गरेको छ। नाटकका निर्देशक सोमनाथ खनालले एक महिना बढी मञ्चन भएको नाटकले १३ लाख ४० हजार रुपैयाँ कमाएको जानकारी दिए।

Tata
GBIME
NLIC

‘हिउँभन्दा चिसो’ भारतीय लेखक तथा कलाकार सौरभ शुक्लाको नाटक ‘बर्फ’ को नेपाली रुपान्तरण हो। नम्रता केसीद्वारा अनुवादित यो नाटकमा नेपालको कर्णाली भेगको कथा देखाइएको छ। गोविन्द सुनार, रेनु योगी र भोलाराम सापकोटाको नाटकमा अभिनय रहेको छ।

समीक्षक र दर्शकबाट राम्रो समीक्षा पाए पनि नाटकले लगानी भने उठाउन सकेन। यो नाटकमा १४ लाख ७० हजार खर्च लागेको सोमनाथको दाबी छ।

‘हामीले नाटकलाई जतिसक्दो गुणस्तरिय बनाउने प्रयास गर्‍यौँ। नाटकको सेटदेखि कलाकाहरुको पारिश्रमिक जोडेर हाम्रो साढे १४ लाख बढी खर्च भयो। १५ लाख बढी कमाउँला भन्ने अनुमान थियो। तर, सोचेजस्तो भएन,’ उनले भने।

लगानी नउठे पनि ‍दर्शकबाट पाएको प्रतिक्रियाले भने आफू सन्तृष्ट रहेको उनले बताए।