BIZMANDU
www.bizmandu.com

नागढुंगा-नौबिसे सहायक सुरुङमार्गको भोलि ब्रेक थ्रु, आयोजना प्रमुख भन्छन् ‘तयार छौं’

२०८० साउन २१

नागढुंगा-नौबिसे सहायक सुरुङमार्गको भोलि ब्रेक थ्रु, आयोजना प्रमुख भन्छन् ‘तयार छौं’
The 2.45-kilometer double-lane tunnel road will link Sisnekhola and Basnetchhap. Similarly, 2.6 kilometers of approach road will also be built to link the tunnel road with the main road section. Two bridges will be built along the approach roads.Photo-Prabin Ranabhat


काठमाडौं। नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाको सहायक सुरुङमार्ग भोलि (सोमबार) ‘ब्रेक थ्रु’ हुने भएको छ। आयोजना प्रमुख नवीनमान श्रेष्ठका अनुसार सहायक टनेल (इभ्याक्युएसन) खन्ने काम पुरा हुन लागेको हो।

Tata
GBIME

‘हामीले भोलि ३/४ बजेतिर सहायक सुरुङमार्गको ब्रेक-थ्रु गर्न लागेका हौं,’ उनले बिजमाण्डूसँग भने, ‘यसका लागि सबै प्रक्रिया पुरा भएको छ। त्यही अनुसार हाम्रो तयारी भएकाले हामी भोलि सहायक सुरुङको ब्रेक थ्रु गर्ने योजनामा छौं।’

उनका अनुसार उक्त सुरुङमार्ग खन्न अब २ मिटरजति मात्र बाँकी छ। यो खन्नलाई धेरै समय नलाग्ने उनले बताए। सहायक टनेल जम्मा २५५७ मिटरको मात्र छ। मुख्य सुरुङसँगै रहने सहायक सुरुङ आपतकालीन अवस्थाका विकल्प तथा उद्धारमा उपयोगी हुनेछ।

यस्तै मुख्य सुरुङ खन्ने काम अब ५०० मिटर मात्र बाँकी रहेको उनले बताए। ‘यो पनि सकेसम्म छिट्टै नै ब्रेक थ्रु गर्ने योजना छ,’ श्रेष्ठले भने।

मुख्य सुरुङको लम्बाइ २६६८ मिटर छ। यसमा अरु सबै खन्ने काम सकिएको र अब लगभग ५०० मिटर मात्र खन्न बाँकी रहेको उनले बताए।