BIZMANDU
www.bizmandu.com

सुनचाँदी बजार :  अझै उक्लियो सुन, तोलामा ३ सयको बढोत्तरी, चाँदी स्थिर

२०८० साउन २१

सुनचाँदी बजार :  अझै उक्लियो सुन, तोलामा ३ सयको बढोत्तरी, चाँदी स्थिर
सुनचाँदी बजार :  अझै उक्लियो सुन, तोलामा ३ सयको बढोत्तरी, चाँदी स्थिर


काठमाडौं। साताको पहिलो दिन सुनको कारोबार मूल्यमा प्रतितोला ३ सय रुपैयाँको बढोत्तरी छ। सुनको कारोबार मूल्य आइतबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
NLIC

गत शुक्रबार सुनचाँदीको कारोबार मूल्य अघिल्लै दिन कायम भएकैमा स्थिर थियो। सुनको मूल्य गत बुधबारका तुलनामा २ सयको गिरावटपछि बिहीबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ भएको थियो। शुक्रबार र शनिवार सोही मूल्यमा स्थिर रहेर कारोबार भएको थियो।

चाँदीको कारोबार मूल्य आइतबार पनि १४ सय २५ मा स्थिर छ। यो मूल्य गत बिहीबार निर्धारण भएको हो। चाँदी अस्वाभाविक अंकमा घटेको छैन। तीन सातामा बढ्दा तोलाको १४ सय ९० सम्म पुगेको चाँदी न्यूनतममा १४ सय २५ बाट घटेर कारोबार मूल्य निर्धारण भएको छैन।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार प्रतिऔंस १९३४.०९ डलर रहेको सुन आइतबार बढेर १९४२.८ डलर पुगेको छ। चाँदीमा पनि बढोत्तरी छ। शुक्रबार २३.५ डलर रहेको चाँदी २३.६३ डलरले कारोबार भइरहेको छ।