BIZMANDU
www.bizmandu.com

चीनले अष्ट्रेलियाबाट आयात हुने जौमा अतिरिक्त शुल्क नलिने, दुई देशको सम्बन्धमा होला त सुधार?

२०८० साउन १९

चीनले अष्ट्रेलियाबाट आयात हुने जौमा अतिरिक्त शुल्क नलिने, दुई देशको सम्बन्धमा होला त सुधार?
चीनले अष्ट्रेलियाबाट आयात हुने जौमा अतिरिक्त शुल्क नलिने, दुई देशको सम्बन्धमा होला त सुधार?


काठमाडौं। चीनले अष्ट्रेलियाबाट आयात हुने जौमा लगाउँदै आएको अतिरिक्त शुल्क अब नलिने भएको छ। चीनले तीन वर्षदेखि लागू भएको एन्टी-डम्पिङ र काउन्टरभेलिङ शुल्क हटाउने भएको हो।

Vigo
GBIME
Tata

चीनको वाणिज्य मन्त्रालयले शनिबारदेखि लागू हुने गरी भन्सार घटाउने जनाएको छ। ‘बजारमा आएको परिवर्तनलाई ध्यानमा राख्दै अष्ट्रेलियाबाट आयात हुने जौमा एन्टी-डम्पिङ र काउन्टरभेलिङ शुल्क लगाउन अब आवश्यक छैन,’ चीनको वाणिज्य मन्त्रालयले भनेको छ। यी दुई शीर्षकमा करका कारण व्यापार प्रभावित भएपछि चीन पछि हटेको हो।

दुई शीर्षकमा कर लगाउनुअघि अस्ट्रेलियाले चीनमा वर्षमा १.२ अर्ब अस्ट्रेलियन डलरको जौ निर्यात गर्थ्यो। सन् २०२० मा बेइजिङले अष्ट्रेलियाबाट निर्यात हुने जौ, गाईको मासु र वाइनमा शुल्क लगाएको थियो। जसका कारण व्यापार प्रभावित हुनुका साथै दुई देशको सम्बन्ध चिसिएको थियो।

खासगरी अष्ट्रेलियाको वाइन उद्योगमा ठूलो असर परेको थियो।अष्ट्रेलियाले बेइजिङसँग वाइनमा लगाइएको अतिरिक्त शुल्क पनि हटाउन आग्रह गर्दै आएको छ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले जौमा अतिरिक्त शुल्क नलगाउने चिनियाँ निर्णयको स्वागत गरेका छन्।अष्ट्रेलियाले चीनका नयाँ विदेशमन्त्रीलाई आफ्नो देश भ्रमण गर्न निम्ता दिएको छ।