BIZMANDU
www.bizmandu.com

हिमालय एयरलाइन्सले बाल गृहलाई सहयोग गर्‍यो, करिब चार लाख हस्तान्तरण

२०८० साउन १९

हिमालय एयरलाइन्सले बाल गृहलाई सहयोग गर्‍यो, करिब चार लाख हस्तान्तरण
हिमालय एयरलाइन्सले बाल गृहलाई सहयोग गर्‍यो, करिब चार लाख हस्तान्तरण

काठमाडौं। निजी अन्तर्राष्ट्रिय वायुसेवा सेवा कम्पनी हिमालय एयरलाइन्सले सामाजिक उत्तरदायित्वअन्तर्गत लवप्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ।

Tata
GBIME

कम्पनीले ‘शिक्षातर्फ पाइला’ अभियानअन्तर्गत यो बालगृहलाई तीनलाख ९६ हजार रुपैयाँ  हस्तान्तरण गरेको कम्पनीले जनाएको छ। बिहीबार आयोजित एक कार्यक्रममार्फत कम्पनीका अध्यक्ष झो इन्योङ्गले बालगृहकी अध्यक्ष उषा कार्कीलाई यो रकम हस्तान्तरण गरेका हुन्।

यो रकम बालगृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि खर्चिने जनाइएको छ।

यस बाहेक कम्पनीले बालगृहमा बस्दै आएका बालबालिकाका लागि भान्सामा प्रयोग हुने सामग्री र स्केच बुकका साथै क्रिकेटको सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुडो, स्किपिङ रोपलगायत खेलकुदका सामाग्री सहयोग गरेको जनाइएको छ।

सुन्दरीजलमा रहेको यो बाल आश्रमले हाल १३ बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालनपोषणको व्यवस्था गर्दै आएको छ।

‘बालगृहलाई गरिएको सहयोगमार्फत बालबालिकाका लागि राम्रो जीवन र बसाईको व्यवस्था गर्न चाहन्छौं।’ हिमालयका अध्यक्ष इनयोङ्गले भने,’ उनीहरूको भविष्य सुन्दर बनोस् भन्ने कामना गर्दछु।’

बालगृहकी अध्यक्ष उषा कार्कीले यो सहयोगमार्फत खेलकुदमा बालबालिकाको रुचि बढाउन खेलकुदका सामाग्रीहरु सहयोग थप विशेष रहेको बताइन्।

नेपाल–चीनबीचको संयुक्त साझेदारीमा रहेको हिमालय एयरलाइन्सले हाल ४ वटा जहाजमार्फत संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश, चीनलगयात विभिन्न गन्तब्यमा उडान गर्दै आएको छ।