BIZMANDU
www.bizmandu.com

पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा भाग लिँदै नेपाल, दुई खेलाडी आइतबार ग्लास्गो जाने

२०८० साउन १९

पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा भाग लिँदै नेपाल, दुई खेलाडी आइतबार ग्लास्गो जाने
पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा भाग लिँदै नेपाल, दुई खेलाडी आइतबार ग्लास्गो जाने


काठमाडौं। विश्व साइक्लिङ च्याम्पियनसिपमा नेपाल पहिलोपटक सहभागी हुँदै छ। स्कटल्यान्डको ग्लास्गोमा अगष्ट २ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

Tata
GBIME
NLIC

नेपालका लागि एमटीबी क्रस कन्ट्रीमा पुरुषमा सुरज राना मगर तथा महिलामा उषा खनालले प्रतिस्पर्धा गर्नेछन्। यी दुबै खेलाडी चीनमा हुन गइरहेको १९ औं एसियाली खेलकुदका लागिसमेत छनोट भएका खेलाडी हुन्।

 विश्व साइक्लिङमा सहभागी हुने टोली। तस्बिर: राखेप

सन् २०१९ मा नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा उषाले एमटीबी क्रस कन्ट्रीमै रजत जितेकी थिइन्। स्टकल्याण्ड जाने नेपाली टोलीको व्यवस्थापकमा नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारी रहेका छन्।

टोली आइतबार स्कटल्यान्ड जाँदै छ।