BIZMANDU
www.bizmandu.com

नेप्सेको उतारचढावमा चम्कियो सपोर्ट लघुवित्त, प्रोग्रेसिभ फाइनान्सको मूल्यमा भारी गिरावट

२०८० साउन १८

नेप्सेको उतारचढावमा चम्कियो सपोर्ट लघुवित्त, प्रोग्रेसिभ फाइनान्सको मूल्यमा भारी गिरावट
नेप्सेको उतारचढावमा चम्कियो सपोर्ट लघुवित्त, प्रोग्रेसिभ फाइनान्सको मूल्यमा भारी गिरावट


काठमाडौं। २४.७६ अंकको उतारचढावका बाबजुद् बिहिबार अन्तिममा नेप्से सूचक ३ अंक बढेर बन्द भएको छ। २१ सयको विन्दुलाई पार गरेको सूचक २०८९.८४ मा कायम छ। सूचक बजार बन्द हुनु ५ मिनेटअघि घटेर २०८४ अंकसम्म ओर्लिएको थियो।

Tata
GBIME
NLIC

सूचक अन्तिममा सामान्य अंकले मात्रै बढे पनि सपोर्ट लघुवित्तको सेयरमा भने सकारात्मक सर्किट लाग्यो। सपोर्टको सेयर ९८ रुपैयाँले बढेको छ। उसको मूल्य प्रतिकित्ता १०७६.९० रुपैयाँ पुगेको छ। आज लघुवित्त सूचक हरियो रह्यो।

प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले सबैभन्दा बढी गुमाए। वित्त सूचक डेढ प्रतिशतले घट्दा प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्यमा ५.१९ प्रतिशतको गिरावट आएको छ।

गत आर्थिक वर्षको वित्तिय विवरण प्रकाशन गरेका गणपति लघुवित्त र कामना सेवा विकास बैंकमा पनि बिक्रेता हावी भए। दुवै कम्पनीले निराशाजनक विवरण प्रकाशन गरेका छन्।

सबैभन्दा बढी कारोबार भने शिवम् सिमेन्टको भयो। कारोबार रकम १ अर्ब ७८ करोड रुपैयाँमा सीमित हुँदा शिवमको ९ करोड २३ लाखको सेयर किनबेच भयो।