BIZMANDU
www.bizmandu.com

काममा पार्टीबाट सहयोग नपाएको गृहमन्त्री श्रेष्ठको गुनासो, महराले सोधे- के असहयोग भो?

२०८० साउन १८

काममा पार्टीबाट सहयोग नपाएको गृहमन्त्री श्रेष्ठको गुनासो, महराले सोधे- के असहयोग भो?
काममा पार्टीबाट सहयोग नपाएको गृहमन्त्री श्रेष्ठको गुनासो, महराले सोधे- के असहयोग भो?

काठमाडौं।उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुनदेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूले पार्टीबाट सहयोग नपाएको गुनासो गरेका छन्। पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले आफूले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको समन्वयमै काम गरिरहेपनि पार्टीबाट सहयोग नपाउँदा निराश भएको केन्द्रीय सदस्यहरुसामु बताएका हुन्।

Tata
GBIME
NLIC

केन्द्रीय समितिको दुई दिनदेखि काठमाडौंको प्रज्ञा भवनमा जारी बैठकमा आज श्रेष्ठले सुन प्रकरणमा दोषी देखिने कसैलाई पनि नछोड्ने बताए।

सुन प्रकरणमा पक्राउ परेका आरोपी दावा छरिङको पार्टी उपमहासचिव वर्षमान पुन लगायत नेतासँग सम्बन्ध देखिएका बेला गृहमन्त्री श्रेष्ठले भने, ‘पार्टीका जोसुकै नेता संलग्न रहेको भए पनि कारबाही हुन्छ।’ उनले कुनै पनि घटनामा दोषी देखिने नेतालाई कारबाहीको दायरामा ल्याउने बताए।

पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल पुसमा भएको ९ किलो सुनको तस्करीमा जोडिएका छन्। गृहमन्त्री श्रेष्ठले आफूले पार्टीप्रति जनमत बढ्ने गरी ठूला प्रकरणमा हात हाले पनि सहयोग नपाएको गुनासो गरे। ‘चाहे नक्कली भुटानी शरणार्थी प्रकरण होस्, चाहे गृहमन्त्री र सचिवको तजबिजीमा हुने खर्च खारेजी’, उनले भने, ‘जनमत बढ्ने काम गर्दा पनि पार्टीभित्रबाट साथ दिने काम भएन।’

तर उनीपछि बोलेका उपाध्यक्ष महराले भने श्रेष्ठलाई काम गर्न पार्टीले कुनै असहयोग नगरेको बताए।’पार्टीबाट त्यस्तो केही असहयोग भएजस्तो लाग्दैन’, उनले भने, ‘असहयोग भएको के हो?’