BIZMANDU
www.bizmandu.com

हुन्डाईको ‘ह्‍वील्स अफ चेन्ज’ एक्सचेन्ज: ईभीसँग पनि साट्न सकिने, ५ लाखसम्म नगद छुट

२०८० साउन १८

हुन्डाईको ‘ह्‍वील्स अफ चेन्ज’ एक्सचेन्ज: ईभीसँग पनि साट्न सकिने, ५ लाखसम्म नगद छुट
हुन्डाईको ‘ह्‍वील्स अफ चेन्ज’ एक्सचेन्ज: ईभीसँग पनि साट्न सकिने, ५ लाखसम्म नगद छुट

काठमाडौं। हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘ह्‍वील्स अफ चेन्ज’ नामक एक्सचेन्‍ज अफर ल्याएको छ। कम्पनीले ५ प्रतिष्ठित कार एक्सचेन्ज बिक्रेतासँगको साझेदारीमा यो अफर योजना ल्याएको हो।

Tata
GBIME
NLIC

आज सुरु अफरअन्तर्गत आफ्नो कुनै पनि ब्राण्डको गाडी हुन्डाईको इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने कम्पनीले जनाएको छ। उसले आफ्ना ग्राहकको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी ‘ह्‍वील्स अफ चेन्ज’ योजना ल्याएको बताएको छ।

यस एक्सचेन्ज योजनामा हुन्डाईका कम्प्याक्ट एसयूभी, एसयूभी, इभी र ह्‍याचब्याकमध्ये आफ्नो रोजाई र आवश्यकता अनुसारका गाडीसँग साट्न सकिन्छ। ती गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यो योजनामा ग्राहकलाई हुन्डाईका विभिन्‍न उपलब्ध मोडलमा ५ लाखसम्मको नगद छुट उपलब्ध छ। साथै ग्राहकले १ लाख ५० हजारसम्मको एक्सचेन्ज बोनस र २५ हजारसम्मको एसेसरिज पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

एक्सचेन्ज अफरका लागि कम्पनीले काठमाडौं अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप, आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ अटोमोबाइल इन्टरप्राइजेजसँग सहकार्य गरेको छ।