BIZMANDU
www.bizmandu.com

सेयर बजारमा म्युचुअल फन्डको लगानी बढ्यो, २३ अर्ब ७४ करोड लगानी, न्याभमा पनि सुधार

२०८० साउन १८

सेयर बजारमा म्युचुअल फन्डको लगानी बढ्यो, २३ अर्ब ७४ करोड लगानी, न्याभमा पनि सुधार
सेयर बजारमा म्युचुअल फन्डको लगानी बढ्यो, २३ अर्ब ७४ करोड लगानी, न्याभमा पनि सुधार


काठमाडौं। सामूहिक लगानी कोष योजना (म्युचुअल फन्ड)ले सेयर बजारमा लगानी बढाएका छन्। ३५ म्युचुअल फन्डले सार्वजनिक गरेको गत असारको वित्तीय विवरणले सेयर बजारमा उनीहरुको लगानी बढेको देखाएको हो। उनीहरुले असारमा ७.१७ प्रतिशतले लगानी बढाएका हुन्।

Tata
GBIME

सूचीकृत सेयरमा म्युचुअल फन्डले २३ अर्ब ७४ करोड २९ लाख लगानी गरेका छन्। उनीहरुको जेठसम्म सेयरमा लगानी २२ अर्ब १५ करोड थियो।

सेयरमा सबैभन्दा बढी लगानी सिद्धार्थ इक्‍विटी फन्डको छ। उसले १ अर्ब १७ करोड लगानी गरेको छ। असारमा भने उसको लगानी सामान्य घटेको छ। उसले जेठसम्म सेयरमा १ अर्ब २१ करोड लगानी गरेको थियो।

सानीमा इक्‍विटी फन्डले असारसम्म १ अर्ब १७ करोड लगानी गरेको छ। उसले जेठसम्मको तुलनामा असारमा सेयरमा लगानी २.०७ प्रतिशतले बढाएको छ।

यस्तै, एनएमबी-५० ले १ अर्ब ९ करोड, ग्लोबल आईएमई ब्याजेन्स्ड फन्ड-१ ले १ अर्ब ५ करोड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-२ ले ९७ करोड रुपैयाँको सेयर किनेका छन्।

संचालनमा रहेका ३५ वटा बन्दमुखी योजनामध्ये सबैजसोको न्याभ भ्यालु असारमा बढेको छ। ३० वटा योजनाको न्याभ भ्यालु फेस भ्यालुभन्दा माथि छ। करीब आधा दर्जन योजनाको भने न्याभ भ्यालु फेस भ्यालुभन्दा कम छ।

न्याभमा सुधार

म्युचुअल फन्डहरुको पुँजीको ठूलो हिस्सा सेयरमा लगानी छ। तसर्थ सेयर बजारमा सामान्य सुधार देखिने वित्तिकै न्याभमा पनि सुधार हुने गरेको छ।

सेयर बजारमा भारी गिरावट आउँदा फेस भ्यालुभन्दा पनि निकै तल पुगेका योजनाहरुको न्याभ भ्यालु असारमा सुधारात्मक देखिएको हो।

सञ्‍चालनमा रहेका ३५ वटा बन्दमुखी योजनामध्ये सबैजसोको न्याभ भ्यालु असारमा बढेको छ। ३० वटा योजनाको न्याभ भ्यालु फेस भ्यालुभन्दा माथि छ। करिब आधा दर्जन योजनाको न्याभ भ्यालु फेस भ्यालुभन्दा कम छ।

असार मसान्तमा सबैभन्दा बढी न्याभ भ्यालु सानीमा इक्‍विटी फन्डको छ। यो योजनाको असारको न्याभ भ्यालु १३.०९ रुपैयाँ छ। जेठमा १२.८० रुपैयाँ थियो।

यस्तै सनराइज फर्ष्ट म्युचुअल फन्ड, एनएमबी-५०, एनएमबी हाइब्रिड फन्ड-१ को न्याभ भ्यालु पनि १२ रुपैयाँभन्दा माथि छ। ६ वटा योजनाको न्याभ ११ रुपैयाँ माथि छ। बाँकी १९ योजनाको न्याभ भ्यालु पनि १० रुपैयाँ माथि छ।

असारमा सबैभन्दा कम न्याभ भ्यालु भएको योजना मेगा म्युचुअल फन्ड-१ हो। जेठको तुलनामा सामान्य बढे पनि हाल यस योजनाको न्याभ भ्यालु प्रतिइकाइ ८.९१ रुपैयाँ छ।

योजनाहरुले असारमा ऋणपत्रमा ३ अर्ब ३७ करोडमाथि लगानी गरेका छन्। जुन जेठको तुलनामा १३.२९ प्रतिशतले बढी हो। जेठसम्म ऋणपत्रमा लगानी २ अर्ब ९७ करोड थियो।

ऋणपत्रमा ३ अर्ब ३७ करोड

ऋणपत्र लगानी सुरक्षित मानिन्छ। ऋणपत्रको वार्षिक ब्याजदर निश्चित हुने भएकाले यसमा गरेको लगानीमा नोक्सानी हुने सम्भावना न्यून हुन्छ। तसर्थ सामूहिक लगानी कोष योजनाहरुले ऋणपत्रमा समेत लगानी गर्ने गरेका छन्।

म्युचुअल फन्डहरुले असारमा ऋणपत्रमा पनि लगानी बढाएका छन्। ऋणपत्रमा उनीहरुको लगानी असारसम्म ३ अर्ब ३७ करोडमाथि छ। जुन जेठसम्मको भन्दा १३.२९ प्रतिशत बढी हो।

असारमा ३४ योजनाले ऋणपत्रमा लगानी गरेका छन्। एनआईबीएल प्रगति फन्ड र एनआईसी एसिया सेलेक्ट-३० योजनाले भने ऋणपत्रमा लगानी गरेका छैनन्।

ऋणपत्रमा सबैभन्दा धेरै लगानी गर्ने म्युचुअल फन्ड एनएमबी हाइब्रिड फन्ड-१ हो। यस योजनाले असारमा १२.७७ प्रतिशत बढाएर ऋणपत्रमा लगानी ४२ करोड ६४ लाख पुर्‍याएको छ। उसको जेठसम्म ऋणपत्रमा लगानी ३७ करोड ८१ लाख थियो।

यस्तै नबिल ब्यालेन्स्ड फन्ड-२ ले २२ करोड ५८ लाख, एनआईसी एसिया ब्यालेन्स फन्डले २१ करोड ७७ लाख र सिटिजन्स म्युचुअल फन्ड-१ ले १८ करोड ५१ लाख रुपैयाँको ऋणपत्र किनेका छन्।

असारसम्म ऋणपत्रमा सबैभन्दा थोरै लगानी गर्ने योजना सनराइज फोकस्ड इक्‍विटी फन्ड हो। यो योजनाले ४४ लाख ८० हजार रुपैयाँ ऋणपत्रमा लगानी गरेको छ। यस्तै सिद्धार्थ इन्भष्टमेन्ट ग्रोथ स्कीम-३ ले ऋणपत्रमा ७० लाख ६० हजार लगानी गरेको छ।

मुद्दती निक्षेपमा सबैभन्दा धेरै रकम राख्ने योजना नबिल इक्विटी फन्ड हो। यस योजनाले ३७ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा राखेको छ।

मुद्दती निक्षेपमा कति रकम छ ?

म्युचुअल फन्डहरुले इकाइ बिक्री गरेर संकलित रकम एउटा क्षेत्रमा मात्र लगानी गर्दैनन्। प्राथमिक निष्कासन, सूचीकृत सेयर र ऋणपत्रका साथै मुद्दती निक्षेपमा समेत राख्‍ने गरेका छन्। 

असार मसान्तसम्म म्युचुअल फन्डहरुले मुद्दती निक्षेपमा ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ राखेका छन्। असारमा मुद्दती निक्षेपमा रकम थपिएन। जेठमा पनि मुद्दती निक्षेपमा ४ अर्ब २३ करोड २८ लाख रुपैयाँ नै थियो।

मुद्दती निक्षेपमा सबैभन्दा धेरै रकम राख्ने योजना नबिल इक्विटी फन्ड हो। यस योजनाले ३७ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा राखेको छ।

यस्तै, एनएमबी हाइब्रिड फन्ड-१ ले ३२ करोड ८८ लाख र सानीमा इक्विटी फन्डले २७ करोड रुपैयाँ राखेका छन्। मुद्दती निक्षेपमा असार मसान्तसम्म सिटिजन्स म्युचुअल फन्ड-२ को लगानी सबैभन्दा कम छ। यस योजनाले १ करोड रुपैयाँ मात्र राखेको छ।

सबैभन्दा बढी नाफा एनआईसी एसिया ग्रोथ फन्डले कमाएको छ। यस योजनाले १५ करोड ७२ लाख खुद नाफा आर्जन गरेको हो। उसको नाफा जेठसम्मको तुलनामा २४ प्रतिशतले बढेको छ।

नाफामा एनआईसी एसिया ग्रोथ फन्ड

सबैभन्दा बढी नाफा एनआईसी एसिया ग्रोथ फन्डले कमाएको छ। यस योजनाले १५ करोड ७२ लाख खुद नाफा आर्जन गरेको हो। उसको नाफा जेठसम्मको तुलनामा २४ प्रतिशतले बढेको छ। जेठसम्म यस योजनाले १२ करोड ६७ लाख खुद नाफा आर्जन गरेको थियो।

यस्तै एनएमबी शुलभ इन्भेष्टमेन्ट-२ ले १५ करोड ३९ लाख र प्रभु सेलेक्ट फन्डले १४ करोड ७० लाख खुद नाफा आर्जन गरेका छन्। कुमारी धनबाराही योजना, एनएमबी-५० र सनराइज ब्लूचिप फन्डले १३ करोड माथि खुद नाफा कमाएका छन्।

सबैभन्दा कम नाफा कमाउने योजना आरबीबी म्युचुअल फन्ड-२ हो। यस योजनाको असार मसान्तसम्मको खुद नाफा ७० लाख ६९ हजार रुपैयाँमा सीमित छ।

नोक्सानीमा रहेका योजनाले गरे लाभांश घोषणा

असारसम्मको वित्तीय विवरण सार्वजनिक गरेका ३५ सामूहिक लगानी योजनामध्ये ३३ योजनाले खुद नाफा बढाएका छन्। तर २ वटा योजना नोक्सानीमा छन्। ती योजना लक्ष्मी उन्‍नति कोष र लक्ष्मी इक्‍विटी फन्ड हुन्।

लक्ष्मी उन्‍नति कोष २ करोड २१ लाख र लक्ष्मी इक्‍विटी फन्ड १० करोड २३ लाख नोक्सानीमा छन्। नोक्सानीमा रहेका यी दुई योजनाले सोमबार आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेका छन्। लक्ष्मी उन्‍नति कोषले ९.५ प्रतिशत र लक्ष्मी इक्‍विटी फन्डले ८ प्रतिशत लाभांश दिने घोषणा गरेका हुन्।