BIZMANDU
www.bizmandu.com

सुपारीको तस्करी, १९ वर्षीय गाडी चालक समातिए

२०८० साउन १७

सुपारीको तस्करी, १९ वर्षीय गाडी चालक समातिए
सुपारीको तस्करी, १९ वर्षीय गाडी चालक समातिए


काठमाडौं। अवैध रुपमा सुपारीको कारोबार गरेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।

Tata
GBIME
NLIC

झापा मेचीनगर नगरपालिका-१३ चारआली चोकबाट अवैध सुपारी करिब २ हजार ८ सय ५० केजीसहित किशोरलाई नियन्त्रणमा लिएको हो। मोरङ उर्लाबारी नगरपालिका-७ बस्ने १९ वर्षीय आकाश धिमाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले को.१च ८९६७ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा ६१ वटा बोरामा सुपारी फेला पारी गाडीसहित चालक धिमाललाई पक्राउ गरेको हो ।