BIZMANDU
www.bizmandu.com

आसन्‍न विश्वकप क्रिकेटमा भारत-पाकिस्तानको खेलको मिति सर्‍यो, कारण नवरात्री!

२०८० साउन १७

आसन्‍न विश्वकप क्रिकेटमा भारत-पाकिस्तानको खेलको मिति सर्‍यो, कारण नवरात्री!
Photo : Getty images


आसन्‍न एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीचको खेलको मिति सरेको छ। क्रिकेट पोर्टल ईएसपीएनक्रिक इन्फोका अनुसार खेल अक्टोबर १४ (असोज २७) का लागि सरेको हो।

Tata
GBIME

यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले जारी गरेको तालिकामा यी दुई देशको खेल अक्टोबर १५ (असोज २८) गतेका लागि तय थियो। आईसीसीले भने मिति परिवर्तन भएकोबारे कुनै जानकारी दिएको छैन।

क्रिकइन्फोले मिति परिवर्तनमा पाकिस्तान पनि सहमत भएको दाबी गरेको छ। यो परिवर्तनले पाकिस्तानको अघिल्लो खेलको तालिका पनि प्रभावित भएको छ। जस अनुसार पाकिस्तानले श्रीलंकासँग हैदराबादमा अक्टोबर १० (असोज २३) मा खेल्ने छ। यो खेल अक्टोबर १२ अर्थात असोज २५ गतेका लागि निर्धारित थियो।

यसबाहेक अन्य खेलको तालिका पनि परिवर्तन हुनसक्ने भारतीय संचारसंस्था एएनआईले जनाएको छ। खेल मिति परिवर्तनमा नवरात्रीलाई कारण मानिएको छ। २८ गते नवरात्रीको पहिलो दिन पर्छ। यो दिनलाई भारतमा ठूलो पर्वका रुपमा लिइन्छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का महासचिव जय शाहले भने नवरात्रीकै कारण मात्र नभइ अन्य राष्ट्रले पनि आग्रह गरेकाले मिति परिवर्तन गरेको बताएका छन्। भारत र पाकिस्तानबीचको खेल हेर्न होटल महँगिएपछि अस्पतालमा समेत बेड बुकिङ बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।