BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्यमा गिरावट, सुनमा ६०० घट्दा प्रतितोला १५ रुपैयाँले घट्यो चाँदी

२०८० साउन १७

सुनचाँदीको मूल्यमा गिरावट, सुनमा ६०० घट्दा प्रतितोला १५ रुपैयाँले घट्यो चाँदी
सुनचाँदीको मूल्यमा गिरावट, सुनमा ६०० घट्दा प्रतितोला १५ रुपैयाँले घट्यो चाँदी


काठमाडौं। बुधबार सुनको मूल्य घटेको छ। ६०० रुपैयाँले घट्दै बुधबार सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ।

Tata
GBIME
NLIC

महाशाखाका अनुसार मंगलबार सुन तोलामा ४०० रुपैयाँ बढ्दा १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि घटेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले घट्दा बुधबार १४६० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी १४७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔंस १९५०.२६ डलर पुगेको छ। चाँदी प्रतिऔंस २४.३३ डलरमा कारोबार भइरहेको छ।

मंगलबार सुनको मूल्य प्रतिऔंस १९५९.०४ डलर आसपासमा कारोबार भएको थियो। चाँदी प्रतिऔंस २४.५९ डलरमा कारोबार भएको थियो।