BIZMANDU
www.bizmandu.com

नेपाल एसबीआई बैंकले २ अर्बको ऋणपत्र ल्याउँदै, वार्षिक ब्याज ९%, परिपक्‍व अवधि १० वर्ष

२०८० साउन १७

नेपाल एसबीआई बैंकले २ अर्बको ऋणपत्र ल्याउँदै, वार्षिक ब्याज ९%, परिपक्‍व अवधि १० वर्ष
samartha ranjit bank photo

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले २ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ। बैंकले वार्षिक ९ प्रतिशत ब्याज दिने ‘नेपाल एसबीआई बैंक ऋणपत्र २०८९’ को बिक्री बिहीबारदेखि खुला गर्ने भएको हो।

Tata
GBIME
NLIC

बैंकले जारी गर्ने २० लाख कित्ता ऋणपत्रको मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ छ। बिक्री गरिने ऋणपत्रमध्ये ६० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने छ।

यस्तै, ४० प्रतिशतले हुन आउने ८० करोड रकम बराबरको ८ लाख कित्ता (५ प्रतिशत अर्थात ४० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याइएको सहित) मा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

बैंकले ऋणपत्र साउन १८ गतेबाट छिटोमा २२ गतेसम्म निष्कासन गर्ने छ। उक्त मितिसम्म लगानीकर्ताहरुबाट पर्याप्त आवेदन नपरे आवेदन मिति साउन ३२ गतेसम्म थप गरिने छ।

ऋणपत्रले वार्षिक ९ प्रतिशत ब्याजदर दिने छ। परिपक्‍व हुने अवधि १० वर्ष छ। ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल छ।