BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफामा उच्च सुधार, स्प्रेड घटाउँदा पनि निस्कियो राम्रो नाफा

२०८० साउन १७

माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफामा उच्च सुधार, स्प्रेड घटाउँदा पनि निस्कियो राम्रो नाफा
माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफामा उच्च सुधार, स्प्रेड घटाउँदा पनि निस्कियो राम्रो नाफा

काठमाडौं। ऋण लगानीसँगै स्प्रेड दर घट्दासमेत माछापुच्छ्रे बैंकले नाफामा राम्रो सुधार गरेको छ। बैंकको खराब ऋण बढ्दै गर्दा खुद नाफा करिब १० प्रतिशतले बढाएको छ।

Tata
GBIME
NLIC

बैंकको खुद नाफा एक अर्ब ८५ करोड रुपैयाँ नाघेको छ। बैंकको वितरणयोग्य नाफामा उच्च सुधार छ। बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै वितरणयोग्य नाफा १६२.६६ प्रतिशतले बढेको जनाएको छ।

बैंकको कुल वितरणयोग्य नाफा एक अर्ब ५६ करोड ८७ लाख रुपैयाँ छ। पोहोर ५९ करोड ७२ लाख रुपैयाँ मात्र थियो।

बैंकको खुदा ब्याज आम्दानी साढे १० प्रतिशतले बढ्दै ५ अर्ब ३८ करोड नाघेको छ। जबकी ऋण लगानी १.६३ प्रतिशतले घटेर एक खर्ब २६ अर्बमा सीमित भएको छ। बैंकको निक्षेप ६.३१ प्रतिशतले बढेर एक खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ।

बैंकको खराब ऋण अनुपात १.०४ प्रतिशतबाट बढेर २.१२ प्रतिशत पुगेको छ। स्प्रेड दर ४.३३ बाट ३.९५ प्रतिशतमा झारेको छ। आधार दर ९.८६ प्रतिशतबाट १०.७४ प्रतिशत पुगेको छ।