BIZMANDU
www.bizmandu.com

काठमाडौंको मासागल्लीमा एक व्यापारीको आठौँ तलाबाट खसेर मृत्यु, कारण खोज्दै प्रहरी

२०८० साउन १७

काठमाडौंको मासागल्लीमा एक व्यापारीको आठौँ तलाबाट खसेर मृत्यु, कारण खोज्दै प्रहरी
काठमाडौंको मासागल्लीमा एक व्यापारीको आठौँ तलाबाट खसेर मृत्यु, कारण खोज्दै प्रहरी


काठमाडौं। काठमाडौंका एक व्यापारीको घरको आठौँ तलाबाट खसेर मृत्यु भएको छ। ५५ वर्षीय सञ्‍जय गुप्ताको आठौँ तलाबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

Tata
GBIME
NLIC

मंगलबार दिउँसो साढे १ बजेतिर घटना भएपछि उनलाई तत्कालै वीर अस्पताल लगिएको थियो। उनको अस्पतालमै मृत्यु भएको थियो। उनको परिवार लामो समयदेखि कपडाको व्यवसाय गर्दै आएको खुलेको छ।

मंगलबार दिउँसो करिब १ बजेतिर गुप्ताको काठमाडौंस्थित मासागल्लीमा भाडामा दिएको घरको आठौँ तलबाट खसेर मृत्यु भएको थियो। उनले त्यो घर केही समयदेखि भाडामा दिएको देखिएको छ। उनी कहिले काँही उक्त घरमा जाने गरेका थिए।

‘दिउँसो घरमा पुगेको १५/२० मिनेटमा नै हाम फालेको बुझिएको छ,’ एक प्रहरी अधिकृतले भने।

उनको परिवार भने बालुवाटारमा बस्दै आएको खुलेको छ। घटनास्थलबाट प्रहरीले कुनै पनि ‘सुसाइड नोट’ फेला पारेको छैन। गुप्ताले बोक्दै आएको मोबाइल लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।