BIZMANDU
www.bizmandu.com

नेपालमा मनसुनी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

२०८० साउन १७

नेपालमा मनसुनी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
नेपालमा मनसुनी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं। नेपालमा मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा पश्‍चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME
NLIC

सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्‍चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्‍चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

बुधबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।