BIZMANDU
www.bizmandu.com

वर्षको सुरुवातबाटै आन्तरिक ऋण उठाउन सुरु गर्‍यो सरकारले, साउनमा २२ अर्ब रुपैयाँ उठाउँदै

२०८० साउन १६

वर्षको सुरुवातबाटै आन्तरिक ऋण उठाउन सुरु गर्‍यो सरकारले, साउनमा २२ अर्ब रुपैयाँ उठाउँदै
वर्षको सुरुवातबाटै आन्तरिक ऋण उठाउन सुरु गर्‍यो सरकारले, साउनमा २२ अर्ब रुपैयाँ उठाउँदै


काठमाडौं। आर्थिक रुपमा सुरुवातबाटै कमजोर देखिएको सरकारले आन्तरिक ऋण उठाउने प्रकृया थालेको छ। बजेट पासलगत्तै ऋण उठाउन बाटो खुले पनि अघिल्ला वर्षहरुमा सुरुवातमै ऋण उठाइँदैन थियो।

Tata
GBIME
NLIC

चालु वर्ष सरकारले २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने निर्णय गरेको छ। साउनको १८ गतेबाटै सरकारले आन्तरिक ऋण उठाउने तालिका तयार पारेको छ। सरकारका लागि नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाइदिने गर्छ।

सरकारले कुल २ खर्ब ४० अर्बमध्ये ५५ अर्ब रुपैयाँ असोज मसान्तभित्र उठाउने छ। पुसभित्र अर्को ५५ अर्ब आन्तरिक ऋण उठाइने छ। चैतसम्म अर्को ५३ अर्ब थपिने छ। बाँकी रहेको ७७ खर्ब असार मसान्तसम्म उठाइने छ।

साउन १८ गते १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने छ। यसकव अवधि ६ बर्षको हुने छ। साउन २९ मा फेरि अर्को १० अर्ब उठाउने छ। यसको अवधि ८ बर्षको हुने छ। साउन २३ गते २ अर्बको ३६४ दिने ट्रेजरी बिल जारी गर्ने छ।

सरकारले ५५ अर्बको ट्रेजरी बिल, एक खर्ब ७९ अर्बको विकास ऋणपत्र, ५ अर्बको विकास ऋणपत्र, एक अर्बको वैदेशिक रोजगार बचतपत्र पनि जारी गर्ने छ।