BIZMANDU
www.bizmandu.com

आर्थिक संकटले बन्द जेट एयरवेजको उडान अनुमतिपत्र फेरि नवीकरण, थाल्ला व्यावसायिक उडान?

२०८० साउन १६

आर्थिक संकटले बन्द जेट एयरवेजको उडान अनुमतिपत्र फेरि नवीकरण, थाल्ला व्यावसायिक उडान?
आर्थिक संकटले बन्द जेट एयरवेजको उडान अनुमतिपत्र फेरि नवीकरण, थाल्ला व्यावसायिक उडान?


काठमाडौं। आर्थिक संकटका कारण पाँच वर्ष अगाडि ग्राउण्डेड भारतीय निजी वायुसेवा कम्पनी जेट एयरवेजको उडान अनुमतिपत्र दोस्रोपटक नवीकरण भएको छ।

Tata
GBIME
NLIC

भारतको नागरिक उड्डयन प्राधिकरणले उडान अनुमतिपत्र नवीकरण गरिदिएसँगै जेट एयरवेजलाई उडानको बाटो खुलेको छ। आउँदो सेप्टेम्बरसम्मका लागि नवीकरण भएपछि कम्पनीले नियमित व्यावसायिक उडानका लागि प्रतिवद्ध रहेको जनाएको छ।

जालन कार्लोक कन्सोर्टियमले स्वामित्व लिएको तीन वर्षपछि जेट एयरवेजले नियमित उडान गर्न लागेको हो। ‘उडान संचालन अनुमतिपत्र नवीकरण भएको छ। भारतकै विशिष्ट वायुसेवा कम्पनी पुनर्उत्थानका लगि हामी प्रतिवद्ध छौँ’, कम्पनीले जारी गरेको विवरणमा उल्लेख छ।

कम्पनीले व्यावसायिक रणनीति बनाउने काम गरिरहेको जनाएको छ। मापदण्ड पूरा गरी विजनेस क्लास र नयाँ संस्करणको इकोनोमी क्लासमा उडान गर्ने उसको योजना छ। यसअघि २०२२ मे २० मा पनि अनुमतिपत्र नवीकरण भएकामा उसले उडान गर्न सकेको थिएन।      

जेट एयरवेज अहिले लण्डनको वित्तीय संस्था कालरक क्यापिटल र यूएईका व्यवसायी मुरारीलाल जालानको स्वामित्वमा छ। यसअघि यो वायुसेवा कम्पनी खर्बपति व्यवसायी नरेश गोयल र इत्तेहाद एरवेजको स्वामित्वमा थियो। ऋण थेग्न नसकेपछि एयरवेज बन्द भएको थियो। एयरवेजमा यसअघि काम गर्दै आएका १६९ कर्मचारीलाई पुन: भर्ती गर्न भारतको सर्वोच्च अदालतले आदेश दिइसकेको छ।

सन् १९९३ मा स्थापना एयरवेजले २०१९ मा बन्द हुनुअघि दक्षिण एसिया, उत्तर अमेरिका, मध्यपूर्व र युरोपका गन्तव्यमा १२४ वटा न्यारोबडी र वाइडबडी जहाज उडान गर्दै आएको थियो।