BIZMANDU
www.bizmandu.com

राइडिङ सेयर एप बजारमा थपियो ‘सवारी,’ कक्रोच बने ब्राण्ड एम्बेस्डर

२०८० साउन १६

राइडिङ सेयर एप बजारमा थपियो ‘सवारी,’ कक्रोच बने ब्राण्ड एम्बेस्डर
राइडिङ सेयर एप बजारमा थपियो ‘सवारी,’ कक्रोच बने ब्राण्ड एम्बेस्डर


काठमाडौं। राइडिङ सेयर एपको बढ्दो बजारमा एउटा कम्पनी थपिएको छ। नेपाली युवाहरु मिलेर बनाएको राइडिङ सेयर एप ‘सवारी’ सञ्चालनमा आएको हो। कम्पनीले ब्राण्ड एम्बेस्डरमा कलाकार हरिश निरौलाका (कक्रोच) लाई नियुक्त गरेको छ। सवारीले सेवा शुभारम्भ कार्यक्रमबीच उनलाई ब्राण्ड एम्बेस्डरको नियुक्त गरिएको घोषणा गरेको हो।

Tata
GBIME
NLIC

हाल काठमाडौं, ललितपुर र भक्तपुरलाई विशेष आधार बनाएर विभिन्न राइडिङ सेयर एपहरु छन्। सवारी एपले भने देशका विभिन्न प्रमुख सहरहरुमा बाइक, कार, ट्याक्सी र ट्याम्पोको सेवा दिने जनाइएको छ। यसका लागि मोबाइलमा सवारी एप डाउनलोड गरेर सजिलैसँग अनलाइनबाट यात्रुले सेवा लिन सक्नेछन्।

कक्रोचले आफू सवारीको प्रचारका सधैं जिम्मेवार रहने बताउँदै नेपाली युवाहरुले बनाएको एप प्रयोग गर्न अनुरोध गरे। बजारमा विभिन्न राइडिङ सेयर एप भए पनि धेरैजसो विदेशी लगानी र उत्पादन भएकाले त्यसबाट नेपाली पैसा बाहिर गइरहेको भनाइ उनले राखे।

प्रसिद्ध नेपाल र खगेन्द्र नेपाल मिलेर यो सेवाको सुरु गरेका हुन्। सवारीका प्रमुख निर्देशक प्रसिद्ध नेपालले आफूहरु ग्राहकको सुरक्षा, सुविधा र चुस्त दुरुस्त, सर्वसुलभ रुपमा सेवा प्रदान गर्न कटिबद्ध रहेको बताए।