BIZMANDU
www.bizmandu.com

म्यानचेस्टर युनाइटेड र एडिडासबीच डेढ खर्ब रुपैयाँको नयाँ डिल, अर्को १० वर्षका लागि सम्झौता

२०८० साउन १५

म्यानचेस्टर युनाइटेड र एडिडासबीच डेढ खर्ब रुपैयाँको नयाँ डिल, अर्को १० वर्षका लागि सम्झौता
Photo: Gettyimages

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले एडिडाससँग अर्को १० वर्षका सम्झौता गरेको छ। जर्मन किट्स म्यानुफ्याक्चरर एडिडाससँग युनाइटेडले सन् २०३५ सम्मका लागि सम्झौता थपेको हो।

Tata
GBIME
Nepal Life

एडिडास र म्यानचेस्टर युनाइटेडबीचको सम्झौता कम्तिमा ९० करोड पाउण्डको भएको बीबीसीले दाबी गरेको छ। यो भनेको १ खर्ब ५२ अर्ब रुपैयाँभन्दा बढी हुन्छ।

‘रेभेन्यु पर सिजन’का हिसाबले यसलाई सबैभन्दा ठूलो डिल मानिएको छ। यसअघि चेल्सीले नाइकीसँग ९० करोड पाउण्डको सम्झौता गरेको थियो। तर यो सम्झौता सन् २०१७ बाट १५ वर्षका लागि थियो।

यसअघि सन् २०१४ मा युनाइटेड र एडिडासबीच १० वर्षका लागि ७५ करोड पाउण्डको सम्झौता भएको थियो। त्यसको समय नसकिंदै यी दुईले अर्को १० वर्षका लागि नयाँ सम्झौता गरेका हुन्।

युनाइटेड अमेरिकी ग्लेजर परिवारको स्वामित्वमा छ। उसले अझै युनाइटेड बेच्ने चर्चा गर्न छाडेको छैन।