BIZMANDU
www.bizmandu.com

भुक्तानीको दबाबका लागि संसद भवन अगाडि निर्माण व्यवसायीको धर्ना, भोलि उपकरणसहित प्रदर्शन

२०८० साउन १५

भुक्तानीको दबाबका लागि संसद भवन अगाडि निर्माण व्यवसायीको धर्ना, भोलि उपकरणसहित प्रदर्शन
भुक्तानीको दबाबका लागि संसद भवन अगाडि निर्माण व्यवसायीको धर्ना, भोलि उपकरणसहित प्रदर्शन


काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले काम गरेको पैसा नपाएको भन्दै सोमबार संघीय संसद् भवन अगाडि धर्ना दिएको छ। निर्माण व्यवसायीले भुक्तानीका लागि सरकारलाई दबाबस्वरुप संघीय संसद् भवन अगाडि दिउँसो ३ बजेदेखि ४ बजेसम्म धर्ना दिएका हुन्।

Tata
GBIME
NLIC

नेपाल निर्माण व्यवसायी महासंघले देशभरका व्यवसायीलाई काठमाडौंमा बोलाएर धर्नामार्फत सरकारलाई दबाब दिएको हो। महासंघले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको थियो।

सरकारले काम सम्पन्न गरिसकेका आयोजनाको रकम नै रोकेर राख्दा आफूहरु आर्थिक संकटमा परेको भन्दै वाध्य भएर प्रदर्शनमा उत्रिएका व्यवसायीले बताएका छन्।

महासंघले मंगलबार यन्त्र उपकरणसहित प्रदर्शन गर्ने बताएको छ।