BIZMANDU
www.bizmandu.com

लक्ष्मी क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश घोषणा, इकाइधनीलाई कति दिँदैछन्?

२०८० साउन १५

लक्ष्मी क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश घोषणा, इकाइधनीलाई कति दिँदैछन्?
लक्ष्मी क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश घोषणा, इकाइधनीलाई कति दिँदैछन्?

काठमाडौं। लक्ष्मी क्यापिटलका दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फन्ड)ले लाभांश घोषणा गरेका छन्। लक्ष्मी इक्विटी फन्ड र लक्ष्मी उन्नति कोषले गत आर्थिक वर्षको प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन्।

Tata
GBIME
Nepal Life

लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुले आर्थिक वर्ष २०७९/८० का लागि ८ प्रतिशत नगद लाभांश पाउने छन्। लक्ष्मी क्यापिटल सञ्चालक समितिको आइतबार भएको बैठकले लाभांश दिने निर्णय गरेको हो।

यस्तै लक्ष्मी उन्नति कोषले इकाइधनीहरुलाई ९.५ प्रतिशत नगद (कर सहित) वितरण गर्ने भएको छ।

यी दुवै योजनाले आर्थिक वर्ष २०७८/७९ मा इकाइधनीहरुलाई ५/५ प्रतिशत प्रतिफल वितरण गरेका थिए।

दुवै योजना सनराइज बैंकद्वारा प्रवर्द्धित हुन् भने योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट्स छ।