काठमाडौं । टेलिभिजन रियालिटी शो ‘महागफाडी’को डिजिटल अडिसन सुरु भएको छ। ढाकाटोपी फिल्म्सको ब्यानरमा निर्माण हुने रियालिटी शोमा विश्वभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन्।
यो शोमा आफ्नो मातृभाषामा समेत अडिसन दिन मिल्ने सुविधा रहेको छ। तर प्राथमिकता भने नेपाली भाषा नै रहनेछ। डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट १८ जनाले मात्र ‘फिजिकल’ रुपमा सहभागी हुन पाउनेछन्।
नरेश नाथ योगीको निर्देशन रहने शोको प्रसारण शुभारम्भ भने असोज तेस्रो साताबाट गरिनेछ। १६ हप्तासम्म चल्ने शोको फाइनल भने अष्ट्रेलियामा हुनेछ।
‘महागफाडी’को विजेताले १५ लाख नगद पुरस्कार तथा सवारी साधन, फर्स्ट रनरअपलाई १० लाख नगदसहित सवारी साधन र सेकेण्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन दिइने योगीले बताए।
शोको निर्णायकमा हास्यव्यङ्ग्य कवि शैलेन्द सिंम्खडा, लुनिभा तुलाधर र बुद्धि तामाङ रहनेछन्। कार्यक्रमको सञ्चालन भने कलाकार कामेश्वर चौरासियाले गर्नेछन्।