BIZMANDU
www.bizmandu.com

बार्बीले तोड्यो युके म्युजिक चार्टको रेकर्ड, विश्वभर १ खर्ब बढीको व्यापार

२०८० साउन १५

बार्बीले तोड्यो युके म्युजिक चार्टको रेकर्ड, विश्वभर १ खर्ब बढीको व्यापार
PHOTO : WARNER BROS. PICTURES

बक्स अफिसमा राम्रो व्यापार गरिरहेको बार्बीले युके म्युजिक चार्टको रेकर्ड तोडेको छ। १० दिनअघि रिलिज भएको फिल्ममा बिली आइलिस, डुवा लिपा र निक्की मिनाजको ट्र्याक चर्चित छ। उनीहरुको गीत फिल्म रिजिल भएदेखि नै म्युजिक चार्टको शीर्ष पाँचभित्र रहेको छ।

Tata
GBIME

अफिसियल सिङ्‍गल चार्टका अनुसार एउटै साउन्ड ट्र्याकबाट पहिलोपटक तीनवटा ट्र्याक ‘टप फाइभ’मा रहेको छ। चार्टको नम्बर तीनमा बिलीको ह्‍वाट वाज आइ मेड फर, नम्बर ४ मा लिपाको डान्स दी नाइट अवे र नम्बर ५ मा निक्की र आइस स्पाइसको बार्बी वर्ल्ड ट्र्याक छन्। चर्चित संगीतकारहरुलाई पछि पार्दै उनीहरु चार्टको शीर्ष ५ मा उक्लिएका हुन्।

यी साउन्ड ट्र्याकहरुले बार्बीको ‘मार्केटिङ’ मा ठूलो भूमिका खेलेका छन्। विश्वभर यो फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। बार्बीले हालसम्म विश्वभरबाट एक खर्बभन्दा बढीको व्यापार गरिसकेको छ।