BIZMANDU
www.bizmandu.com

धितोपत्र बोर्डले सार्वजनिक निष्काशनबाट प्राप्त रकम सदुपयोग गरे नगरेको सुपरिवेक्षण गर्ने

२०८० साउन १४

धितोपत्र बोर्डले सार्वजनिक निष्काशनबाट प्राप्त रकम सदुपयोग गरे नगरेको सुपरिवेक्षण गर्ने
धितोपत्र बोर्डले सार्वजनिक निष्काशनबाट प्राप्त रकम सदुपयोग गरे नगरेको सुपरिवेक्षण गर्ने


काठमाडौं। नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनबाट संकलन भएको रकम सदुपयोग गरे/नगरेको अध्ययन गर्ने भएको छ।

Tata
GBIME
NLIC

बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सार्वजनिक गर्दै अध्ययन गर्ने जनाएको हो।

बोर्डले आफ्नो नीति  तथा कार्यक्रममा धितोपत्र निष्काशनका बखतमा निष्काशनकर्ता कम्पनीले सार्वजनिक गरेको निष्काशित धितोपत्रबाट संकलित रकम विवरण पत्रमा उल्लेख भए अनुसार सदुपयोग गरेको वा नगरेको विषयमा सुपरिवेक्षण गरी प्रतिवेदन तयार गरिने उल्लेख गरेको हो।

अब बोर्डले आईपीओ, एफपीओ, ऋणपत्र, हकप्रद सेयर लगायत धितोपत्र निष्कासनको अनुसन्धान गर्ने छ।

पछिल्लो समय सेयर बजारमा फरक फरक क्षेत्रका कम्पनीहरु सार्वजनिक निष्काशनका लागि आउने क्रम बढेको छ।

सेयर बजार व्यवसायलाई चाहिनेर पुँजी संकलन सहज माध्ययम बनेको छ। तर जति जति कम्पनीहरु थपिदै गए त्यति नै मात्रमा संकलित पुँजीको सदुपयोग हुन्छ या दुरुपयोग हुन्छ भन्ने चुनौती पनि थपिएको छ।

सोही कुरालाई मध्यनजर गर्दै र लगानीकर्ताको हित संरक्षण गर्दै बोर्डले सो व्यवस्था ल्याउने भएको हो।