BIZMANDU
www.bizmandu.com

कालीखोला नजिक खस्यो लेदोसहितको पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

२०८० साउन १४

कालीखोला नजिक खस्यो लेदोसहितको पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
कालीखोला नजिक खस्यो लेदोसहितको पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं। नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। आइतबार बिहान ९ बजे कालीखोला नजिक सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि सडक दुईतर्फी रुपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

Tata
GBIME

सडक विभागसँग समन्वय गरी पहिरो हटाउने पहल भइरहेको प्रहरीले बताएको छ। पहिरो गएको सो स्थानमा इप्रका मुग्लिनबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ।

इप्रका मुग्लिनबाट अन्दाजी ५ किलोमिटर दक्षिण-पूर्वतर्फ पर्ने उक्त स्थानमा गएको पहिरोका कारण सवारी साधन तथा यात्रुहरु अलपत्र परेका छन्।