BIZMANDU
www.bizmandu.com

नयाँ पार्टीको पछि नलाग्न कार्यकर्तालाई सिंहको आग्रह, प्रशिक्षण बढाउन पदाधिकारीको ध्यानाकर्षण

२०८० साउन १३

नयाँ पार्टीको पछि नलाग्न कार्यकर्तालाई सिंहको आग्रह, प्रशिक्षण बढाउन पदाधिकारीको ध्यानाकर्षण
नयाँ पार्टीको पछि नलाग्न कार्यकर्तालाई सिंहको आग्रह, प्रशिक्षण बढाउन पदाधिकारीको ध्यानाकर्षण


काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ पार्टीको लहैलहैमा नलाग्न कार्यकर्तालाई आग्रह गरेका छन्। कांग्रेसका कतिपय कार्यकर्ता पार्टी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिरहेको सन्दर्भमा सिंहले कसैको लहलहैमा नलाग्न भनेका हुन्।

Tata
GBIME

नेपाली कांग्रेसको काठमाडौं महानगर सम्मेलनलाई सम्बोधन गर्दै सिंहले देश विकासमा पार्टीले निर्वाह गरेको भूमिकालाई कसैले भुल्न नहुने बताए। ‘भर्खर जन्मेका पार्टीले भनेको पछि लाग्ने हो? कांग्रेसले विकास नगरेको भए देशको अवस्था के हुने थियो? भएका कुरा त भन्नुपर्‍यो नि,’ सिंहले भने, ‘केही भएको छैन भन्यो भने, अँ भएको छैन भनेर टाउको हल्लाएर बस्ने हो?’

उनले पार्टी संगठनलाई चलायमान बनाउन प्रशिक्षणमा दिनु पर्नेमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराए। उनले भने, ‘केन्द्रीय सदस्य भयो, पदाधिकारी भयो भन्दैमा मै हुँ भन्न भएन। पार्टी कार्यकर्तासँग एट्याच हुनुपर्‍यो।’