BIZMANDU
www.bizmandu.com

विराटनगरमा भन्सार एजेन्ट विभाजित, दुई संगठन भएपछि सुरु भयो रोजीछाडी

२०८० साउन १३

विराटनगरमा भन्सार एजेन्ट विभाजित, दुई संगठन भएपछि सुरु भयो रोजीछाडी
विराटनगरमा भन्सार एजेन्ट विभाजित, दुई संगठन भएपछि सुरु भयो रोजीछाडी


विराटनगर। विराटनगर भन्सार कार्यालयमा कार्यरत भन्सार एजेन्टहरू विभाजित भएका छन्। विराटनगर भन्सार एजेन्ट संघमा आबद्ध एकथरी एजेन्ट अर्को संगठनमा गएपछि स्पष्ट विभाजन देखिएको हो।

Tata
GBIME
NLIC

विराटनगर भन्सार एजेन्ट संघको आबद्धता भरतराज घिमिरे अध्यक्ष रहेको भन्सार एजेन्ट महासंघ नेपालसित छ। विभाजित एजेन्टहरू भोलानाथ अर्याल अध्यक्ष रहेको राष्ट्रिय भन्सार एजेन्ट परिषद्‍‍सित जोडिएका छन्।

यसैबीच परिषदका अध्यक्ष अर्याल र महासचिव समीरराज विष्टका उपस्थितिमा परिषद्‍को १७ सदस्यीय विराटनगर भन्सार समिति गठन गरिएको छ। समितिका अध्यक्षमा सुरेश अग्रवाल चुनिएका छन्।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर थापा, उपाध्यक्षमा नबलप्रसाद उपाध्याय, सचिवमा दयानन्द मण्डल, सहसचिवमा सुदर्शन दाहाल र कोषाध्यक्षमा विनोद पोद्दार छानिएका छन्।

विराटनगरमा आयोजित कार्यक्रममा परिषद्‍का केन्द्रीय अध्यक्ष अर्यालले अर्थमन्त्री डा.प्रकाशशरण महतबाट गत जेठ १५ मा प्रस्तुत बजेटले एजेन्टको प्रतिनिधि राख्‍न पाउने अधिकार हनन भएको धारणा व्यक्त गरे।

गत जेठ १५ को बजेटले एक भन्सार एजेन्टले २ प्रतिनिधि राख्‍न पाउने व्यवस्था खारेज गरेको छ।

परिषदको विराटनगर भन्सार समितिका उपाध्यक्ष नबलप्रसाद उपाध्यायले अर्थमन्त्री महतले बजेटबाट भन्सार प्रतिनिधिको रोजगारको अधिकार कुण्ठित बनाएको भन्दै आक्रोश व्यक्त गरे।

उपाध्यक्ष उपाध्यायले प्रतिनिधिको व्यवस्थालाई पुनःस्थापना गर्न परिषद्‍ले संघर्षका कार्यक्रम राख्‍ने जानकारी दिए।