BIZMANDU
www.bizmandu.com

कालीखोला नजिक खसेको पहिरो हटाएपछि सञ्चालनमा आयो मुग्लिन-नारायणगढ सडकखण्ड

२०८० साउन १३

कालीखोला नजिक खसेको पहिरो हटाएपछि सञ्चालनमा आयो मुग्लिन-नारायणगढ सडकखण्ड
कालीखोला नजिक खसेको पहिरो हटाएपछि सञ्चालनमा आयो मुग्लिन-नारायणगढ सडकखण्ड


भरतपुर। पहिरो खसेर अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।

Tata
GBIME
NLIC

चितवनको इच्छाकामना गाउँपालिका-५ कालीखोला नजिक आज बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।

पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ।