BIZMANDU
www.bizmandu.com

विश्व ‘ग्लोबल ब्वइलिङ’को युगतर्फ प्रवेश गर्दै, जुलाई अहिलेसम्मकै गर्मी महिना

२०८० साउन १२

विश्व ‘ग्लोबल ब्वइलिङ’को युगतर्फ प्रवेश गर्दै, जुलाई अहिलेसम्मकै गर्मी महिना
विश्व ‘ग्लोबल ब्वइलिङ’को युगतर्फ प्रवेश गर्दै, जुलाई अहिलेसम्मकै गर्मी महिना


सन् २०२३ को जुलाई महिना हालसम्मकै गर्मी महिना भएको वैज्ञानिकहरुले बताएका छन्। जुलाई महिनाको २३ दिनमा पृथ्वीको तापक्रम १६.९५ डिग्री सेल्सियस रहेको पाइएको छ। सन् २०१९ को जुलाईमा पृथ्वीको तापक्रम १६.६३ डिग्री सेल्सियस थियो।

Tata
GBIME
NLIC

मानव इतिहासमै यो हालसम्मकै गर्मी महिना भएको कोपर्निकसका उपनिर्देशक सामान्था बुर्गेसले बताइन्। युरोपियन देशहरुमा ‘रेकर्ड ब्रेकिङ’ गर्मी भएको उनले बताइन्।

जुलाई ६ हालससम्मकै गर्मी दिन थियो भने जुलाईका २३ दिन पनि तापक्रम निकै बढेको थियो। सन् २०२३ र २०२४ मा विश्वको तापक्रम अझे बढ्ने र हालसम्मकै गर्मी वर्षका रुपमा रेकर्ड राख्ने पनि जनाइएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले पृथ्वी अहिले ‘ग्लोबल ब्वइलिङ’को युगमा प्रवेश गरेको बताएका छन्।

‘जलवायु परिवर्तन डरलाग्दो छ। र, यो केवल सुरुवात हो। ग्लोबल वार्मिङको युग समाप्त भएको छ, पृथ्वी अहिले ग्लोबल ब्वइलिङको युग आइपुगेको छ,’ उनले भने।

यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले भने जलवायु परिवर्तनले मानव अस्तित्वमाथि नै संकट उत्पन्न गरेको टिप्पणी गरेका छन्।

१ लाख २० हजार वर्षयताकै गर्मी यो जुलाईमा हुने केही वैज्ञानिकहरुले बताएका छन्। विश्वका अधिकांश क्षेत्रमा तापक्रम बढेकोले जुलाईमा सबै प्रकारका रेकर्ड ‘ब्रेक’ हुने उनीहरुको दाबी छ।  

बढ्दो तापक्रमका कारण करोडौं मानिस प्रभावित हुने भन्दै ‘ग्रीनहाउस ग्यास इमिसन’ रोकेर जलवायु परिवर्तनको असरलाई केही हदसम्म नियन्त्रण गर्न सकिने वैज्ञानिकहरुले बताएका छन्।