BIZMANDU
www.bizmandu.com

बाग्मतीमा सार्वजनिक यातायातको भाडा साढे ३ प्रतिशतसम्म घट्यो, ट्याक्सीको भने यथावत

२०८० साउन ११

बाग्मतीमा सार्वजनिक यातायातको भाडा साढे ३ प्रतिशतसम्म घट्यो, ट्याक्सीको भने यथावत
बाग्मतीमा सार्वजनिक यातायातको भाडा साढे ३ प्रतिशतसम्म घट्यो, ट्याक्सीको भने यथावत


काठमाडौं। बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा साढे ३ प्रतिशतसम्म घटेको छ। डिजलको मूल्य घटेपछि प्रदेश सरकारले भाडादर समायोजन गरेको हो।

Tata
GBIME
NLIC

श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव तिर्जराज भट्टराईले प्रदेश अन्तर्गतका रुटमा संचालन हुने सार्वजनिक यातायातको भाडा ३.२६ प्रतिशतसम्मले घटाएको जानकारी दिए

उनका अनुसार यो प्रदेशमा संचालन हुने लामो दूरीको बस भाडा २.३० प्रतिशतले घटेको छ। साथै सहरी क्षेत्रमा भने ३.२६ प्रतिशतले घ६ाइएको छ।

यसैगरी, मालबाहक सवारीको हकमा ३.१८ प्रतिशत भाडा घटाइएको छ। नयाँ भाडादर बिहिबार देखि नै लागु हुने सचिव भट्टराईले बताए।

अब उपत्यका वा यस प्रदेशअन्तर्गतका रुटमा ०-५ किलोमिटरसम्म १८ रुपैयाँ, ०-१० किलोमिटरसम्म २४ रुपैयाँ, ०-१५ किलोमिटरसम्म २९ रुपैयाँ, ०-२० किलोमिटरसम्म ३२ रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३७ रुपैयाँ भाडा कायम भएको छ।

प्रदेश सरकारले गत जेठ ११ गते पनि सार्वजनिक यातायातको भाडा घटाएको थियो। तर ट्याक्सीको भाडा भने घटाइएको छैन। ट्याक्सीको हकमा पहिलेकै भाडादर यथावत राखिएको छ।