BIZMANDU
www.bizmandu.com

नयाँ उचाइ नजिक सुनको मूल्य, तोलामा ८०० बढ्यो, चाँदीको भाउ कति?

२०८० साउन ११

नयाँ उचाइ नजिक सुनको मूल्य, तोलामा ८०० बढ्यो, चाँदीको भाउ कति?
नयाँ उचाइ नजिक सुनको मूल्य, तोलामा ८०० बढ्यो, चाँदीको भाउ कति?


काठमाडौं। बिहीबार सुनको मुल्य नयाँ उचाइ नजिक पुगेको छ। ८०० रुपैयाँले बढेर सुनको मूल्य बिहीबार १ लाख १३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

यसअघि सुनको मूल्य गत साउन ४ गते हालसम्मकै उच्च तोलामा १ लाख १३ हजार ६०० रुपैयाँ पुगेको थियो।

महासंघका अनुसार बुधबार सुन तोलामा ५०० रुपैयाँले बढ्दा कारोबार मूल्य प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ थियो।

चाँदीको मूल्य पनि बढेको छ। तोलामा २५ रुपैयाँ बढ्दै चाँदीको मूल्य १४ सय ९० पुगेको छ।

बुधबार १० रुपैयाँ बढ्दै चाँदीको मूल्य प्रतितोला १४ सय ६५ रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन बढ्ने क्रममा प्रतिऔंस १९७५.८२ डलर पुगेको छ। चाँदी प्रतिऔंस २५ डलरमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतिऔंस १९६९.४९ डलर र चाँदी २४.७ डलर आसपासमा कारोबार भएको थियो।