काठमाडौं। नयाँ आर्थिक वर्ष सुरु भएपछि बैंक तथा वित्तीय संस्थाको निक्षेप र ऋण दुवै घटेको छ। नेपाल राष्ट्र बैंकले ५ खर्ब ६१ अर्ब रुपैयाँ लगानी चालु वर्ष बैंक तथा वित्तीय संस्थामार्फत गर्ने प्रक्षेपण गरिरहँदा चालु वर्षको सुरुवातबाटै उल्टो ऋण लगानी घटेको छ।
राष्ट्र बैंकले गत वर्षको भन्दा ११.५ प्रतिशतले ऋण विस्तार गर्ने लक्ष्य लिएको छ।
वाणिज्य बैंकहरुको कुल निक्षेप २५ अर्ब रुपैयाँले घटिसकेको छ भने ऋण लगानी १९ अर्ब रुपैयाँले घटिसकेको छ।
गत आर्थिक ऋण लगानी १४२ अर्बले बढेको थियो भने निक्षेप ५४५ अर्ब रुपैयाँले बढेको थियो। यही आधारमा राष्ट्र बैंकले ऋण विस्तार लक्ष्य साढे ११ प्रतिशत राखेको हो।