BIZMANDU
www.bizmandu.com

कालीमाटीमा तरकारीको थोक मूल्य : न्यूरोको न्यूनतम मूल्य प्रतिकिलो ७० रुपैयाँ

२०८० साउन ११

कालीमाटीमा तरकारीको थोक मूल्य : न्यूरोको न्यूनतम मूल्य प्रतिकिलो ७० रुपैयाँ
Kalimati Vegetable and fruits market


काठमाडौं। कालीमाटी बजार विकास समितिले बिहीबारको लागि तरकारीको थोक मूल्य तय गरेको छ।

Tata
GBIME
NLIC

बिहीबार ठूलो गोलभेडा (नेपाली) को न्यूनतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र अधिकत मूल्य ११० रुपैयाँ रहेको छ।

त्यस्तै, सानो गोलभेडा (लोकल) को न्यूनतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ र अधिकतम मूल्य ४० रुपैयाँ तय भएको छ।

सानो गोलभेडा (टनेल)को न्यूनतम थोक मूल्य ५६ रुपैयाँ छ भने अधिकतम मूल्य ६६ रुपैयाँ रहेको छ। बुधबार यसको न्यूनतम थोक मूल्य प्रतिकिलो ५८ रुपैयाँ र अधिकतम मूल्य ६८ रुपैयाँ थियो।

यस्तै, लोकल गाजरको न्यूनतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र अधिकतम मूल्य १०० रुपैयाँ रहेको छ। बुधबार यसको न्यूनतम थोक मूल्य ११० रुपैयाँ र अधिकतम मूल्य १२० रुपैयाँ थियो।

आज रातो आलुको न्यूनतम थोक मूल्य ४८ रुपैयाँ र अधिकतम मूल्य ५० रहेको छ। भारतीय रातो आलुको न्यूनतम थोक मूल्य ३५ रुपैयाँ रहँदा अधिकतम मूल्य ३६ रुपैयाँ रहेको छ। सेतो आलुको न्यूनतम थोक मूल्य ३४ रुपैयाँ तय भएको छ भने अधिकतम मूल्य ३५ रुपैयाँ रहेको छ।

त्यसैगरी, आज न्यूरोको न्यूनतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ र अधिकतम मूल्य ८० रुपैयाँ रहेको छ।

कालीमाटी बजारमा यस्तो छ तरकारीको थोक मूल्य

स्रोत : कालीमाटी बजार विकास समिति