BIZMANDU
www.bizmandu.com

यी ४ प्रदेशमा भारी वर्षा हुने सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान

२०८० साउन ११

यी ४ प्रदेशमा भारी वर्षा हुने सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान
यी ४ प्रदेशमा भारी वर्षा हुने सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं। हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

Tata
GBIME

सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिक देखि सामान्य बदली रही मधेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार बुधबार बिहीबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्‍चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

बिहीबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।