BIZMANDU
www.bizmandu.com

सुन प्रकरणमा कमलपोखरीको एक गोदाममा राजस्वको छापा, एक जना समातिए

२०८० साउन १०

सुन प्रकरणमा कमलपोखरीको एक गोदाममा राजस्वको छापा, एक जना समातिए
सुन प्रकरणमा कमलपोखरीको एक गोदाममा राजस्वको छापा, एक जना समातिए


काठमाडौं। राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको एक अर्ब बराबरको सुनसँग जोडिएको प्रकरणमा एक गोदाममा छापा मारेको छ। आज दिउँसो कमलपोखरीमा रहेको गोदाममा छापा राजस्वको टोलीले छापा मारेको हो।

Tata
GBIME
NLIC

‘गोदाममा छापा मारेको हो। तर कसको गोदाम थियो भन्ने थाहा भएन,’ एक अधिकृतले सुनाए।

गत बुधबार त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको सुन प्रकरणमा संलग्न व्यक्तिले गोदाममा सुन राखेको सूचना पाएपछि छापा मारिएको हो। यसअघि विभागको टोलीले पक्राउ परेका व्यक्तिहरु बस्ने र सामान राख्ने लाजिम्पाट र बालुवाटारमा पनि छापा मारेको थियो।

राजस्व अनुसन्धानले अहिलेसम्म सुन प्रकरणमा १७ जनालाई पक्राउ गरेको छ। बिहिबार दिउँसो विभागको टोलीले थप एक जनालाई पक्राउ गरेको जनाएको छ।