BIZMANDU
www.bizmandu.com

कांग्रेसले तय गर्‍यो महासमिति बैठकको मिति, मंसिर ११ देखि १३ सम्म, नीति अधिवेशन भने नगर्ने

२०८० साउन १०

कांग्रेसले तय गर्‍यो महासमिति बैठकको मिति, मंसिर ११ देखि १३ सम्म, नीति अधिवेशन भने नगर्ने
नेपाली कांग्रेसको पदाधिकारी बैठक

काठमाडौं। नेपाली कांग्रेसले महासमिति बैठकको मिति तय गरेको छ। केन्द्रीय समिति बैठकले मंसिरमा महासमिति बैठक गर्ने निर्णय गरेको हो।

Tata
GBIME

‘आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुने गरी महासमिति बैठक आह्वान गरिएको छ,’ केन्द्रीय कार्यसमितिको निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले भने।

कांग्रेसले नीति अधिवेशन भने नगर्ने भएको छ। १४ औं महाधिवेशनले ६ महिनाभित्र नीति अधिवेशन गर्ने निर्णय गरेको थियो। तर नीतिबारे अब महासमिति बैठकमै छलफल हुने महामन्त्री शर्माले बताए।